लुम्बिनी अञ्चल पाल्पा जिल्ला तिनाउ गाउ पालिका वडा नं २ बगाहमा यस श्री थानी डाडा मा वि अवस्थित छ। दोभान चुरे पहाडी इलाकामा पर्ने हुदा भौगोलिक दृष्टिककोणले भिरालोपन,डाडाकाडा बीचमा स साना खोल्साहरु तथा दक्षिणमा जंगल पूर्वमा झ्याङ्ला बस्ती र उत्तरमा दोभान खोला रहेको छ । यस समुदायमा विद्यालयको आवश्यकतालाइ हृदयगंम गरी यसै गाउँका शिक्षाप्रेमी तथा समाजसेवीहरु स्व् श्री जुमान सिं जि सी र श्री रेकम बहादुर के सी हुकुम बहादुर जि सी ज्यूहरुको सक्रियतामा समुदायलाई परिचालन गरी २०३८ साल पौष १ गते थानीडाडाँ प्रा वि को स्थापना भएको थियो ।समुदायले श्रम जुटाई विद्यालय थाकलले छाएको टहरो बनाएको थियो । बि सं २०४५ सालमा प्रा वि पहिलो दरबन्दी पाएको थियो । यसै गरी क्रमशः बि स २०६०, ०६१, ०६२ सालमा कक्षा ६, ७, ८ र बि स २०६९,०७० मा कक्षा ९ र १० कक्षाको अनुमति लिएर हाल यो विद्यालय श्री थानीडाँडा माध्यमिक विद्यालयको रुपमा संचालन हुदै आएको छ ।